२०८३ भाद्र २५
खाेज्नुहाेस

डडेल्धुरामा ‘ओल्के हेरिटेज राईड २०८३’ सम्पन्न

Image

सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान बोकेको ओल्के पर्वको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले ‘ओल्के हेरिटेज राईड २०८३’ डडेल्धुरामा सम्पन्न भएको छ ।

फारवेस्टर्न राइडर्सको आयोजना तथा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा आयोजना भएको ‘ओल्के हेरिटेज राईड २०८३’ साईकल यात्रामा डडेल्धुराका राईडरहरुले डडेल्धुराको चर्चित उग्रतारा मन्दिर सम्म साईकल राइृड गरेका थिए । आज बिहान ७ बजेदेखि सुदूरपश्चिमका विभिन्न स्थानबाट एकैसाथ ‘ओल्के हेरिटेज राईड २०८३’ सुरु भएको थियो।

आयोजकका अनुसार धनगढी, अत्तरिया, महेन्द्रनगर, बेलौरी, पुनर्वास, बर्दगोरिया र डडेल्धुराबाट राइड एकै साथ साईकल राईड सम्पन्न भएको हो । कार्यक्रमले साइकल यात्रामार्फत स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिमको मौलिक संस्कृति, सम्पदा, वातावरण संरक्षण र सामाजिक एकताको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको डडेल्धुराका मोहन देउवाले बताउनु भयो।

यस वर्षको ओल्के हेरिटेज राईडलाई स्वास्थ्यसँग जोड्दै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सहभागी राइडर तथा उनीहरूको परिवारका सदस्यलाई उपचार सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ।

आयोजकका अनुसार ओल्के हेरिटेज राईडमा सहभागी हुने राइडर तथा उनका परिवारका सदस्यहरूले निसर्ग अस्पतालमा उपलब्ध स्वास्थ्य तथा उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।