२०८३ भाद्र २५
खाेज्नुहाेस

डडेल्धुरा जिल्ला खेलकुद समिति विस्तार, अध्यक्ष ऐरले गराए सपथ

Image

जिल्ला खेलकुद समिति डडेल्धुराका पदाधिकारी तथा सदस्यहरूको पदस्थापन एवं सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। आइतबार जिल्ला खेलकुद समितिका अध्यक्ष जगत बहादुर ऐरले पदाधिकारी तथा सदस्यहरुको सपथ गराउनुभएको हो।

समितिको उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराउँदै पदस्थापन गराउनुभएको हो।

अध्यक्ष ऐरबाट उपाध्यक्ष पदमा दिल बहादुर बोहरा र कोषाध्यक्षमा निरन्जन रावल लाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । त्यसैगरी सदस्य पदमा लक्षण नेगी, रमेश शाह, किरण ऐर, नरेश भाट, निशा कार्की र हरिकला गुरुङले पनि आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। अध्यक्ष ऎको सपथ तथा कार्यभार भने गत बैशाखमै भैसकेको थियो।


उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नवदुर्गा गाँउपालिकाका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थी तथा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी अमर बहादुर ओलीका साथै अथितीको रुपमा आलिताल गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादुर बुढा लगायत जिल्लास्थित सञ्चारकर्मी, खेल प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।