जनक ऐडी
डडेल्धुरा श्रावण २० गते
“राष्ट्रिय समृद्धि र सुशासन,साझा अभियान पेशागत हकहित र क्षमता अभिबृद्धि हाम्रो अडान” भन्ने मुल नाराका साथ नेपाल अडिटर्स एशोसिएस (अडान) जिल्ला कार्य समिति डडेल्धुराले आफ्नो २१ औं स्थापना दिवश उग्रतारा मन्दिर परिसरमा रहेको श्री उग्रतारा वेद विद्याश्रमका बटुकहरुलाई बिभिन्न खाद्यान्न तथा स्टेशनरी वितरण गरि मनाएको छ ।

नेपाल अडिटर्स एशोसिएसन (अडान) जिल्ला कार्यसमिति डडेल्धुराका अध्यक्ष श्री तिर्थराज उप्रेतीको सभाध्यक्षता तथा आन्तरिक राजश्व कार्यालय डडेल्धुराका कर अधिकृत श्री थानेश्वर प्रशाद अवस्थीको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका क्षेत्रीय सदस्य आ।ए।श्री चेतराज पनेरुले कार्यक्रम र संसथाको उद्देश्यमाथि प्रकास पार्नुका साथै स्वागत मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा उग्रतारा वेद विद्याश्रमका प्राचार्य श्री प्रेम प्रशाद भट्टले वेद विद्याश्रमको बारेका जानकारी दिंदै संस्थबाट हस्तान्तरित खाद्यान्न र स्टेशनरी ग्रहण गरेका थिए ।

सो कार्यक्रममा जिल्ला स्थित आर.ए. तथा लेखा ब्यबसायीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रम जिल्ला कार्य समितिका सचिव श्री शेर बहादुर बोहराले सञ्चालन गरेका थिए ।












