२०८३ भाद्र २५
खाेज्नुहाेस

डडेल्धुराकी चेली गौरी बोहराको ऐतिहासिक यात्रा : अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बन्ने पहिलो नेपाली महिला

Image

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराले खेल क्षेत्रमा फेरि एकपटक गौरव गर्ने अवसर पाएको छ । डडेल्धुराकी चेली गौरी बोहराले नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय थप्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गरेकी छन् । मलेसियामा हालै सम्पन्न ए.सि.सि. महिला अन्डर–१९ प्रिमियर कपमा अम्पायरको जिम्मेवारी सम्हाल्दै बोहरा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अम्पायरिङ गर्ने पहिलो महिला बन्न सफल भएकी हुन् ।


डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नं. १२ लालढूंगामा जन्मिएकी गौरीको आधारभुत तहको पढाई जोगबुडाकै बेतरानीमा र मा.बी. सम्मको अध्ययन लालढुंगा बजारमा रहेको ग्रिन भ्याली इङ्गलिस बोर्डिंङ्ग स्कुलमा भएको थियो ।
एस.ई.ई.पश्चात डडेल्धुरा कै आलिताल गाँउपालिका स्थित दुर्गा मा.बी.मा प्राविधिक धार तर्फ कृषि जे.टि.ए. र प्लस टु को अध्ययन पश्चात स्नातक अध्ययन र लोकसेवाको तयारीका लागी कैलाली पुगेकी गौरीले धनगढीको बसाईमा आफ्नो क्रिकेट क्यारियरको सुरुवात गरिन ।


उसो त सानो छदा भलिवलको राष्ट्रिय खेलाडी बन्ने सपना बुनेकाी गौरीले विद्यालय स्तरमा थुप्रै भविल प्रतियोगीतामा सहभागीता जनाएकी थिईन तर बिस्तारै उनले भलिवलमा भन्दा क्रिकेटमा आफ्नो भविश्य देखीन र कैलालीमा हुने विभिन्न क्रिकेट प्रतियोगीतामा सहभागी हुन थालिन ।
हाल क्रिकेट अम्पाएरको रुपमा कयारियर बनाउन खोजिरहेकी गौरीले सन २०२० देखी २०२५ सम्म विभिन्न जिल्ला र प्रदेशको तर्फ बाट क्रिकेट प्रतियोगितामा सहभागीता जनाईन । डडेल्धुरा र कैलालीको तर्फ बाट प्रधानमन्त्रि क्रिकेट प्रतियोगितामा सहभागीता जनाएकी गौरीले कर्णाली प्रदेश बाट विभिन्न प्रतियोगीता खेलीसकेकी छिन ।


धनगढीमा आयोजना हुने प्रायः सबै क्रिकेट प्रतियोगीतामा स्वयमसेवकको रुपमा उपस्थिती जनाउने गौरीले स्थानीय प्रतियोगीतामा सहयोगीको रुपमा अम्पायरींग गरिरहेको देखेपछी सुदूरपश्चिम प्रदेश क्रिकेट संघका तत्कालीन अध्यक्ष बाशुदेव जोशीले तिम्रो अम्पायरींग राम्रो हुन सक्छ भने पछी आफु उत्साहीत भएको उनि बताउछिन ।

क्रिकेट अम्पायरींगको पहिलो तालिम डाटी र लेवल वानको तालिम कोहलपुरमा लिएकी उनलाई अम्पायरींग तालिममा सहभागी हुन डडेल्धुरा जिल्ला क्रिकेट संघका सचिव निरज रावलले सहयोग गरेको बताउछिन । कम्तिमा सुचना सम्म पनि नपाएको भए म तालिममा सहभागी हुन पाउने थिएन र तालिममा सहभागी हुन नपाएको भए आज यो स्थानमा पुग्न सक्ने थिएन उनि भन्छिन ।


लेभल वान उत्तिर्ण गरिसके पछी कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न भएको अन्डर १९ वुमन्स कप, कैलालीमा सम्पन्न भएको अन्डर १६, बैतडीमा सम्पन्न भएको अन्डर १९ वुमन्स कप लगायतका थुप्रै प्रतियोगीमा अम्पायरींग गरीसकेकी गौरीले गत महिना मलेसियामा ए.सि.सि. महिला अन्डर–१९ प्रिमियर कपमा अम्पायरको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरेर फर्किएकी छिन ।

मलेसियामा सम्पन्न भएको प्रतियोगितामा क्रिकेटका लागी चर्चित देशहरु यु.ए.ई., ओमान, म्यानमार, कतार,हंगकंग,चिन, मलेसिया, सिंगापुर र कुवेतका खेलहरुमा अम्याएरको भूमिका निर्वाह गरेपछी आफुमा आत्मविश्वास वढेको उनी बताउछीन ।
आफ्नो क्रिकेट क्यारियरमा सल्यान का सविन हमालले प्रतियोगीतामा खेलाडीको रुपमा सल्यान बोलाएर थुप्रै प्रतियोगिता खेलाएका र हाल अम्पायरींगका लागी पनि बोलाईरहने हुदा सविन सर र डडेल्धुरा क्रिकेटका सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्छिन ।


आफु अझै सिक्ने क्रममा नै रहेको र हरेक प्रतियोगिताले आफुलाई केही सिकाईरहेको बताउने गौरी आफ्नो यो यात्रामा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द र सदश्इ विक्रम विष्ट लगायत सम्पूर्ण अफिसियलहरुको भूमिका रहेको र वहाहरु प्रति सधै आभारी रहेको बताउछीन ।

क्रिकेटमा महिला खेलाडीका साथ साथै महिला अम्पायर तथा महिला प्राविधिकहरु उत्पादन गर्न सर्व प्रथम त प्रतियोगिताहरु नियमित हुनुपर्ने र महिला अम्पायर तथा प्राविधिकहरु लाई विभिन्न प्रतियोगितामा अवसर प्रदान गर्न सके यो क्षेत्रमा पनि महिलाहरुले आफ्नो क्यारियर बनाउन सक्ने गौरी बोहरा बताउछिन् ।

क्रिकेट खेलमा खेलाडीको प्रदर्शन जति महत्वपूर्ण हुन्छ, त्यति नै महत्वपूर्ण हुन्छ निष्पक्ष निर्णय गर्ने अम्पायरको भूमिका । मैदानमा खेलाडी र टोलीको भाग्य निर्धारण गर्ने महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अम्पायरिङ क्षेत्रमा नेपाली महिलाको उपस्थिति अझै सीमित रहेको अवस्थामा गौरी बोहराको यो उपलब्धि ऐतिहासिक मानिएको छ ।
यो एतिहासिक सफलताको लागी डडेल्धुराको चेली, सुन्दर सुदूरपश्चिमको चेली मात्र नभएर नेपाल कै चेली गौरी बोहरा लाई हार्दिक बधाई छ ।