डडेल्धुरा जिल्ला क्रिकेट संघको आयोजनामा वाई वाई अन्डर १९ एक दिवसिय क्रिकेटको छनौट प्रतियोगिता सम्पन्न भएको छ ।
डडेल्धुरा सदरमुकामको टुडिखेल मैदानमा सम्पन्न भएको प्रतियोगितामा डडेल्धुराका अन्डर १९ समुहमा खेल्ने खेलाडीहरुलाई चार समुहमा विभाजन गरि खेलाईएको थियो ।

श्रावण १५ देखी सुरु भएको छनौट प्रतियोगिता ३ सम्म सञ्चालन भएको थियो ।
जम्मा ६० जना खेलाडीको भाग लिएको उक्त प्रतियोगिता आई.सि.सि.को नियम अनुसार खेलाईएको थियो । उक्त प्रतियोगिता लाई अम्पाएर गौरी बोहरा, निरज रावल, प्रेम ऐर, नरेश ऐर र विष्णु राज ओझाले खेलाएका थिए ।
उक्त प्रतियोगितामा उत्कृष्ठ खेल खेलेका करिव २४ जनालाई क्लोज क्याम्पमा राखि बन्द प्रशिक्षण गराईने डडेल्धुरा जिल्ला क्रिकेट संघका प्राविधिक विमल कार्किले बताउनु भयो ।
यस प्रतियोगिता बाट छनौट भएका खेलाडीहरुले प्रादेसिक स्तरीय प्रतियोगितामा भाग लिनेछन् ।













