२०८३ भाद्र २५
खाेज्नुहाेस

साउन १५ खिरखाने दिवश र बाजेको खिर पसल

Image

केही समय पहिले बालेन्द्र शाहले सुदुरपश्चिमको भ्रमणको क्रममा रहदा सामाजिक संञ्जालमा पोष्ट गरेको एउटा तस्विर निकै भाईरल भएको थियो जुन तस्विरमा बालेन्द्र शाह आफ्ना सहकर्मि संग डडेल्धुराको साहुखर्क क्षेत्रमा रहेको प्रशिद्ध बाजेको खिर पसलमा खिर खाईरहेका थिए ।

गन्यापधुरा १, साहुखर्क, डडेल्धुरामा रहेको बाजेको खिर पसल

उसो त बाजेको खिर पसलमा भिमदत्त राजमार्ग भई ओहोर दोहोर गर्ने सर्वसाधारण देखी उच्च पदस्थ कर्मचारी तथा पदाधीकारीहरुले खिरको स्वाद चाखेका छन् । साहुखर्कको स्थित बाजेको खिर पसल केवल खिर पसल मात्र नभएर ब्रान्डको रुपमा परिचित छ ।
भिदत्त राजमार्गको यस क्षेत्र हुदै यात्रा गर्ने अधिकांस संञ्चारकर्मीहरुको नजरमा पर्छ बाजेको खिर पसल त्यसैलेत नेपालका थुप्रै चर्चित पत्रपत्रिका तथा अन्य सञ्चारमाध्यमहरुमा स्थान पाउन सफल भएको थियो साहुखर्कको बाजेको खिर पसलले ।

डडेल्धुरा जिल्लाको गन्यापधुरा १, साहुखर्क क्षेत्रमा अहिले त प्रसस्त खिरपसलहरु खुलेका छन् ।

भिमदत्तर राजमार्ग निर्माण हुने क्रममा साहुखर्क सम्म बाटो बिस्तार भएको समयमा शेर बहादुर देउवाले सुरु गरेको सानो पसल कालान्तरमा बाजेको खिर पसलको रुपमा परिचित हुन पुग्यो ।
साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो।

शुद्ध दुध बाट तयार गरिएको खिर लाई विशेष अचार संग पस्किने गरिन्छ ।

दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
अधिकांस हामीहरु साउन १५ गते लाई खिर खाने दिनको रुपमा मनाउदै आए पनि साहुखर्क स्थित बाजेको खिरपसलमा करिव ४ दशक देखि निरन्तर खिर पाकिरहेको छ । एकदमै विशेष कारण बाहेक हाल सम्म वाजेको खिर पसल कहिले बन्द भएको छैन बाजेको खिर पसल ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दुध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो भन्ने भनाई सुनिने गरिएता पनि शाहुखर्क क्षेत्र संग जोडिएको रुवाखोला क्षेत्रमा व्यापक रुपमा गाईभैसी पालन हुने हुदा दुधको कहिल्यै अभाव हुदैन त्यसैले त साहुखर्कमा खिर खानको लागी साउन कुर्न पर्दैन ।

साहुखर्क क्षेत्र बाट देखिने हिमश्रृखला

साहुखर्क क्षेत्र खिरका लागी मात्र नभएर प्राकृतिक सुन्दरताले भरिएको दृश्यका लागी पनि निकै चर्चित मानिन्छ । यस क्षेत्र बाट महाभारत पर्वत श्रृखलाको हरियाली बनजंगलका साथै, गन्यापधुरा गाँउपालिकाको प्रसिद्ध धार्मीक स्थल लाटा गन्याप शिखर क्षेत्र, रुवाखोला क्षेत्रका सुन्दर गाँउहरुका साथै अपि सैपाल लगायतका हिम श्रृंखलाहरु लाई निकै नजिक बाट हेर्न सकिन्छ ।

सुरुमा एकदुई वटा पसलहरुमा खिर पाउने गरिएको भएता पनि हाल भने साहुखर्क क्षेत्रमा दर्जन भन्दा वढी खिरपसलहरुले यस क्षेत्रमा यात्रा गर्ने यात्रुहरु लाई खिरको स्वाद पस्किरहेका छन् । देश तथा विदेशका थुपै्र यात्रुहरुले स्वाद लिईसकेको साहुखर्कमा तपाईहरुले खिर खान छुटाउनु भएको त छैन ?