डडेल्धुरा-नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (डिएलए) डडेल्धुराको अध्यक्षमा अधिवक्ता रोहित देउवा पुनः सर्वसम्मत चयन भएका छन्।

बुधबार सम्पन्न जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। समितिको उपाध्यक्षमा अधिवक्ता पुष्पराज जोशी, सचिवमा अधिवक्ता गोविन्दराज जोशी र कोषाध्यक्षमा अधिवक्ता सुरेश थापा चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा अधिवक्ता मोहनराज पाठक, अधिवक्ता हरिप्रसाद भट्ट, अधिवक्ता भीमसिंह ठकुराठी, अधिवक्ता गणेशप्रसाद भट्ट, अधिवक्ता तारा पन्त र अधिवक्ता गौरसिंह भण्डारी सर्वसम्मत रूपमा चयन भएका छन्।
अधिवेशनले अधिवक्ता हरिप्रसाद भट्टलाई केन्द्रीय पार्षद तथा महाधिवेशन प्रतिनिधि र अधिवक्ता मोहनराज पाठकलाई महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ।
लामो समयदेखि डडेल्धुरामा कानुनी व्यवसायमा सक्रिय अधिवक्ता रोहित देउवा पुनः अध्यक्षमा चयन भएपछि संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।













