२०८३ श्रावण १३
खाेज्नुहाेस

सुनसरीकाे तनाव: छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक

Image
This undated image shows Singha Durbarin Kathmandu. Photo: THT

पछिल्लो केही दिन देखी सुनसरीको देवानगन्जमा दुई समुदायबीच उत्पन्न तनाव र त्यसपछिको सुरक्षा अवस्थाबारे छलफल गर्न आज विहान देखी सत्तारुढ दलहरूको पहलमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।

सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा जारी बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल तथा नेकपाका संयोजक पुष्पकमल दाहाललगायतको उपस्थिति रहेको छ।

देवानगन्जमा आइतबार राति दुई समूहबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने प्रहरीसहित २२ जना घाइते भएका थिए। त्यसयता क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ।

मंगलबार साँझ पनि दुवै पक्षबीच घरेलु हतियार प्रयोग गर्दै आक्रमण–प्रत्याक्रमण भएको थियो। सुरक्षाकर्मीले करिब दुई घण्टापछि अवस्था नियन्त्रणमा लिएका थिए।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार बुधबार भने अवस्था नियन्त्रणमा रहेको र जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। यद्यपि सम्भावित अप्रिय घटना रोक्न प्रशासनले जारी गरेको कर्फ्यु दिनभर कायम रहने जनाएको छ।