डडेल्धुरा -आइतबार सुनसरीको कप्तानगञ्जमा दुई समूहको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको घटना लाई लिएर विश्व हिन्दु परिषद् डडेल्धुराले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।

“हिन्दु धर्माबलम्बीको आस्थाको केन्द्र मन्दिरमा भजन बजिरहेको अवस्थामा गैर हिन्द (मुस्लिम) समूहबाट अभद्र असहिष्णु र धार्मिक सदभाव भड्काउने कार्यको निन्दा गर्दै भए गरेको अत्यन्तै दुखद क्रुर एवं पाशविक घटनाले समग्र नेपाली समाज लज्जित भएको ठहर गरि उच्च स्तरिय निष्पक्ष छानविन, दोषि सुरक्षाकर्मी र आक्रमणकारीलाई कारवाही, मृतकलाई शहिद घोषणा तथा राहत, सुरक्षा व्यवस्थापनमा सुधार र जवाफदेहिता र भ्रामक दुष्प्रचारमा रोक” लगायतका पाँच बुँदे माग राखी प्रमुख जिल्ला अधिकारी अमर बहादुर ओली मार्फत सम्माननीय प्रधानमन्धी बालेन्द्र शाह र गृह मन्त्रालयमा ध्यानकर्षणपत्र बुझाएको हो ।

विश्व हिन्दु परिषद् डडेल्धुराका अध्यक्ष वाशुदेव जोशीद्वारा जारी भएको ध्यानाकर्षणपत्रमा हिन्दु समाज सदैव संयम एकताबद्ध र कानूनी मर्यादामा विश्वास राख्ने र आस्थावान नेपालीको प्रतिनिधित्व गर्ने संस्थाको रुपमा रहेकोले संयमता र सहिष्णुततलाई कमजोरीको रुपमा लिई राज्यबाट दमन र उपेक्षा गर्ने कार्य भए स्वीकार्य नहुने चेतावनी सहित परिषद्ले भिमदत्त चोक बागबजार डडेल्धुरामा कोण सभा समेत सम्पन्न गरेको छ ।











