२०८३ श्रावण १३
खाेज्नुहाेस

आत्मदाह प्रयास गरेका चौधरीको धादिङमा मृत्यु

Image

आफ्नै शरिरमा आगजनी गरी आत्मदाहको प्रयास गरेका कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योती चौधरीको उपचारको लागी काठमाण्डौ लैजाने क्रममा बाटैमा मृत्यु भएको छ।

थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा धादिङमा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका अनुसार साउन ९ गते साँझ करिब ७ः३० बजेतिर चौधरीले आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएको अवस्थामा आफन्तले फेला पारेका थिए।

शरीरको करिब ६० प्रतिशत भाग जलेको गम्भीर अवस्थामा उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको थियो। अस्पतालले थप उपचारका लागि साउन १० गते बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा रेफर गरेको थियो।

तर, आफन्तले भेरी अस्पताल नलगी थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा धादिङमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो। मृतकको शव धनगढी ल्याई सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।