२०८३ श्रावण ११
खाेज्नुहाेस
विज्ञापन

कैलालीमा खैरो हेरोइनसहित ५ पक्राउ, एक किशोरी पनि नियन्त्रणमा

विज्ञापन
Image
विज्ञापन

कैलाली – कैलाली प्रहरीले दुई फरक स्थानमा गरेको कारबाहीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक १७ वर्षीया किशोरीसमेत रहेको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–४ बोराडाँडी क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका तीन जनाको जाँच गर्दा १ ग्राम ६५ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको थियो।

उक्त घटनामा बैतडीको सुर्नया गाउँपालिका–३ घर भई हाल धनगढी–४ बस्दै आएका २८ वर्षीय दीपक ऐरी, दोगडाकेदार गाउँपालिका–६ का ३१ वर्षीय हेमन्त कार्की र गोदावरी नगरपालिका–१ का ३२ वर्षीय शम्भु भट्ट पक्राउ परेका छन्।

यस्तै, लागूऔषध सेवन भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–८ कान्तिपुर टोलस्थित एक डेरामा खानतलासी गर्दा ३ ग्राम ६१४ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

यस घटनामा धनगढी–७ का १९ वर्षीय महेश राना तथा कैलारी गाउँपालिका–७ घर भई हाल कान्तिपुर टोलमा बस्दै आएकी १७ वर्षीया किशोरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुवै घटनामा पक्राउ परेका पाँचै जनामाथि लागूऔषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन