२०८३ श्रावण ११
खाेज्नुहाेस
विज्ञापन

अस्पतालभित्र अनियमितता भएको आरोप लगाउदै राप्रपाद्वारा सूचना माग

विज्ञापन
Image
विज्ञापन

डडेल्धुरा-सुदुरपश्चिमको पहाडी जिल्लाको केन्द्रमा रहेको डडेलधुरा अस्पताललाई रिफरल केन्द्र बनाई अस्पताललाई सेवा केन्द्र होइन कि भुमिगत गिरोहको अर्थोपार्जनको केन्द्र बनाएको आरोप लगाउदै राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराले अस्पतालमा भएका गतिविधिको बारेमा अध्ययन गरि आवस्यक कदम चाल्न सूचना माग गरेको छ।

पछिल्लो समय अस्पताल पुग्ने विरामीले सेवा नपाईरहेको, अस्पतालमा दसकौ देखि सेवारत पुराना कर्मचारीहरुलाई अपमानित गरि हटाई सत्ताधारी दलका आफन्त भर्ती केन्द्र बनाएको,अत्यावश्यक औसधि खरिद नगरी,शवगृह व्यवस्थापन नगरी अक्सिजन प्लान्ट एक्सरे मसिन आदि मर्मत र सुचारु नगरी,सुबिधा सम्पन्न एम्बुलेन्स खरिद नगरी अस्पताल प्रसासनले कोटेसन मार्फत पुराना संरचना भत्काई फेरि त्यहा नयाँ संरचना निर्माण गर्ने ,फर्निचर आदि सामाग्री खरिद गरेर थन्क्याएको लगायत अस्पतालमा व्यापक अनमियतता भएको जनगुनासो बढेको पार्टीले जनाएको छ ।

अस्पतालमा भएको व्यथिती विकृतिको अन्त्य गर्न सम्बन्धि निकायलाई सचेत गराउन आम जनसमुदायलाई सुसूचित गरि अस्पतालको हितको लागि खबरदारी गर्न उत्प्रेरित गर्ने र अनमियता भएको देखिएमा कानुनी कार्वाहीको लागि पहलकदमी लिन राप्रपा डडेल्धुरा अध्यक्ष राजेन्द्र भण्डारीले सुचनाको हक अन्तर्गत २१ वटा बुदा सहित सुचना अस्पताल प्रसासन संग माग गरेको जानकारी गराउनु भएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन