२०८३ कार्तिक १२
खाेज्नुहाेस

ब्राउन सुगरसहित डोटीका दुई युवक पक्राउ

Image

बेलौरी -कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार राति सडकघाट क्षेत्रबाट १.५५ ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा डोटीको बडिकेदार गाउँपालिका–१ का २८ वर्षीय सुदीप बम र बडिकेदार गाउँपालिका–४ का २९ वर्षीय बसन्त मौनी रहेका छन्।

प्रहरी चौकी भुडा र इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको संयुक्त प्रहरी टोलीले सडकघाटस्थित आधारभूत विद्यालय नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार उनीहरू भारततर्फबाट ब्राउन सुगर लिएर नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्। उनीहरूको साथबाट टु–ट्वान्टी पल्सर मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।