२०८३ श्रावण ११
खाेज्नुहाेस
विज्ञापन

हेमोडायलासिस सेवा बन्द हुँदा डडेल्धुराका मिर्गौला बिरामी समस्यामा

विज्ञापन
Image
विज्ञापन

डडेल्धुरा – डडेल्धुरा अस्पतालमा सञ्चालनमा रहेको हेमोडायलासिस सेवा आइतबारदेखि बन्द भएको छ। डायलासिस मेसिनको मोटर जलेपछि सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ।

सेवा बन्द भएपछि नियमित रूपमा डायलासिस गराउँदै आएका मिर्गौला रोगीहरू प्रत्यक्ष प्रभावित भएका छन्। स्थानीय स्तरमै उपचार सुविधा उपलब्ध गराउँदै आएको सेवा अवरुद्ध भएपछि बिरामीहरूलाई पुनः धनगढी वा अन्य अस्पताल पुगेर उपचार गराउनुपर्ने अवस्था सिर्जना भएको छ।

केही समयअघि मात्रै सुरु गरिएको हेमोडायलासिस सेवाबाट सुदूरपश्चिमका सात पहाडी जिल्लाका बिरामीले सहज रूपमा उपचार पाउँदै आएका थिए।

डडेल्धुरा अस्पतालका सुब्बा यदुनाथ जोशीका अनुसार जलेको मोटर मर्मतका लागि धनगढी पठाइएको छ। उनले धनगढीमै मर्मत सम्पन्न भएमा भोलिदेखि पुनः हेमोडायलासिस सेवा सञ्चालनमा आउने अपेक्षा गरिएको जानकारी दिए।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन