२०८३ कार्तिक १३
खाेज्नुहाेस

कञ्चनपुरमा श्रीमानकाे कुटपिटपछि श्रीमतीको मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरमा श्रीमान्को कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारपछि घर फर्किएको भोलिपल्ट मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहाका ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट गम्भीर घाइते भएकी पारुको दोधाराचाँदनी अस्पतालमा उपचार गरिएको थियो। बुधबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी उनको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय दोधाराले रनबहादुरलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।