२०८३ भाद्र २७
खाेज्नुहाेस

बैतडीमा बस पल्टियो

Image

बैतडीबैतडीको पाटन नगरपालिका–स्थित गैराखानमा शुक्रबार यात्रुबाहक बस दुर्घटनामा परेको छ।

धनगढीबाट बैतडीतर्फ गइरहेको सुपप्र ०१–००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको छ।

दुर्घटनामा परेका यात्रुको संख्या तथा मानवीय क्षतिको यकिन विवरण भने सार्वजनिक भइसकेको छैन। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने थप विवरण आउन बाँकी छ।