धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक जरिवानामा परेका छन । उनी विना हेलमेल लगाएर मोटरसाइकल चलाएको कसुरमा ट्राफिक जरिवानामा परेका हुन ।
मुख्यमन्त्री शाहले बिना हेलमेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले नै आफ्नो टिकटक खाताबाट सार्वजनिक गरेको भिडियोमा मुख्यमन्त्री शाह सरकारी निवास परिसरमा बुलेट मोटरसाइकल चलाइरहेको देखिएको थियो ।
सोही भिडियोको आधारमा मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीले निवासमै पुगेर ५ सय रुपैयाँ ट्राफिक जरिवाना तिराएको हो ।














