डडेल्धुरा – डडेल्धुरामा लागूऔषध चरेशसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा परशुराम नगरपालिका–७ सादनी सिद्धनाथ टोलका ४७ वर्षीय जयबहादुर बोहरा रहेका छन्।
प्रहरीका अनुसार बोहराले सञ्चालन गर्दै आएको आशिस खुद्रा पसलबाट शनिबार साँझ २० ग्राम चरेश बरामद गरिएको हो।
बोहराले पसलबाट लागूऔषध बिक्री–वितरण गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले पसलमा खानतलासी गरेको थियो। तलासीका क्रममा पसलको काउन्टरमा रहेको र्याकभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २० ग्राम चरेश फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको चरेशसहित बोहरालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।












