२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

नवदुर्गा गाँउपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

विज्ञापन
Image
विज्ञापन

नवदुर्गा गाउँपालिकाले पूर्वाधारमा सडक, सिचाई, खानेपानी, भवनसंगै खेलग्रामका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम प्रश्तुत गरेको छ ।

सोमबार गाउँपालिकाको २०औं वार्षिक अधिवेशनमा आगामी आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मिप्रसाद अवस्थीले निर्माणाधिन पालिका स्तरीय खेलमैदानलाई खेलग्रामका रुपमा विकास गर्न प्याराफिट, घेरबारलगायतका आवश्यक भौतिक पूर्वाधारका संरचना निर्माण गरिने बताए । वडा नं. १ एरोडा चौराहमा विगत देखि नै निर्माण भईरहेको मैदानलाई जिल्ला स्तरीय खेलमैदानका रुपमा विकास गर्ने नीति लिएको उनले बताए ।

भौतिक पूर्वाधार तर्फ रडुवा–बडम–गाउँपालिका सडक कालोपत्रे गर्ने योजना छ । अहिले यो सडक विस्तारको काम भईरहेको उनले जानकारी दिए । यसैगरी सकायल–नवदुर्गा–गाउँपालिका सडक, कोराल–गिल्ला–बेलापुर, गाउँपालिका–बेलापुर–सिरोड, गाउँपालिका–चमाचौड सडक १२ महिना संचालनमा आउनेगरि स्तारोन्ती गर्ने नीति तथा कार्यक्रम रहेको उनले बताए । कोराल–गिल्ला सडकको खोलामा पुल निर्माणको काम अघि बढाईने उनले बताए ।

शिक्षाको गुणस्तर माथि उकास्न जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी भेला, छलफल, शैक्षिक क्षेत्रका द्धिग्गजसंगको बहस, शैक्षिक सम्मेलन, प्रत्येक विद्यालयमा स्मार्ट बोर्ड, डिजिटल प्रबिधिको उच्चतम प्रयोग गर्न सबै विद्यालयमा उच्च गतिको ईन्टरनेट सेवा पुगाईने उनले बताए ।

यसैगरि सिचाई, खानेपानीका योजना संचालन गरिनुकासाथै पालिकालाई तरकारीको पकेट क्षेत्र बनाई आलुको उत्पादन बढाईने अध्यक्ष अवस्थीले बताए । उनका अनुसार युवा लक्षित विभिन्न तालिम, ड्राईभिङ, कपाल कटिङ, च्याउ उत्पादनलगयताका सिप मुलक तालिमसंगै ५० प्रतिशत अनुदानका कार्यक्रम संचालन गरिने छन ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन