२०८३ कार्तिक १३
खाेज्नुहाेस

लागुऔषधसहित भीमदत्तकी वडा सदस्य रुपा जैरु पक्राउ

Image
Compressed by jpeg-recompress

कञ्चनपुर- लागूऔषधसहित कञ्चनपुरको भीमदत्त नगरपालिकाकी एक वडा सदस्य पक्राउ परेकी छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रुपा जैरु रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले आइतबार भीमदत्त नगरपालिका–१८ कटान क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेर जैरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भीमदत्त–१८ स्थित गौरा मन्दिर टोल निवासी जैरुको साथबाट कालो प्लास्टिकको पोकाभित्र लुकाइ राखिएको लागूऔषध बरामद गरिएको छ। उनको शरीरमा लुकाएर राखिएको अवस्थामा प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड इन्जेक्सन १५ एम्पुल गरी जम्मा ३० एम्पुल फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार पक्राउ परेकी जैरुमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।