२०८३ कार्तिक १३
खाेज्नुहाेस

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय चार दिन बन्द

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार पछिल्ला केही दिनयता तापक्रम निरन्तर बढ्दै गएपछि विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई ध्यानमा राखेर विद्यालयमा बिदा दिइएको हो।

सूचनामा असार ९ गतेदेखि असार १२ गतेसम्म विद्यालय बन्द रहने उल्लेख गरिएको छ। अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन तथा बिदाको अवधिमा विद्यार्थीहरूलाई घरमै सुरक्षित राख्न अभिभावकहरूलाई आग्रह गरिएको छ।

उपमहानगरपालिकाले गर्मीबाट बच्न आवश्यक स्वास्थ्य सतर्कता अपनाउन, प्रशस्त पानी पिउन र अनावश्यक रूपमा घाममा ननिस्किन समेत सुझाव दिएको छ।