२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

स्थानीय रैथाने खानाको प्रबर्द्धन गर्दै महिला उद्यमी संघ डडेल्धुरा

विज्ञापन
Image
विज्ञापन

महिला उद्धमी संघ डडेल्धुराको आयोजना तथा अमरगढी नगरपालिका कृषि विकास शाखा को सहयोग मा डडेल्धुरा सदरमुकाम मा स्थानिय रैथाने खाद्य परिकार मेला  सम्पन्न भएको छ ।

महिला उद्यमी संघ डडेल्धुराका सचिब सन्जु केसि को अध्यक्षता तथा जिल्ला समन्वय समिती डडेल्धुराका प्रमुख गगन सिंह भन्डारी को प्रमुख आतिथ्यता मा औपचारिक कार्यक्रम सहित उद्घाटन गरिको कार्यक्रम मा स्थानिय तथा रैथाने परिकार को प्रदर्शनी गरिएको थियो । उक्त कार्यक्रममा अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्ली राज जोशी एबं उप प्रमुख पार्वती झुकाल  विशिष्ठ अतिथिको रुपमा उपस्थित भएका थिए ।

रैथाने बालिको सरक्षण प्रबर्द्धन तथा प्रचार प्रसार गर्ने उदेश्यले कार्यक्रम को आयोजना गरिएको अमरगढी नगरपालिका, कृषि बिकास शाखा का प्रमुख रमेश भन्डारी ले बताउनु भयो ।

मेला मा विभिन्न १५ भन्दा बढी प्रकार का स्थानिय तथा रैथाने परिकार हरुको प्रदर्सनी गरिएको थियो ।
पछिल्लो समय बजारमा उपलब्ध हुने जङ्ग फुड को प्रयोगले स्वास्थ्यमा प्रतिकुल असर परिरहेको सन्दर्भ मा रैथाने बाली तर्फ आकर्सित गर्न यो कार्यक्रम को आयोजना गरिएको आयोजक महिला उद्यमी संघले बताएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन