२०८३ कार्तिक ११
खाेज्नुहाेस

बाजुरामा सुतिरहेकी महिलामाथि धारिलो हतियार प्रहार

Image

बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ।

इलाका प्रहरी कार्यालय स्वामीकार्तिकका अनुसार सोमबार बिहान करिब १:३० बजे गाउँपालिका–४ वाईकी ३६ वर्षीया ठुमरा विष्ट आफ्नै घरमा सुतिरहेको अवस्थामा एक अपरिचित व्यक्ति भान्सा कोठामा बोलाउन पुगेका थिए।

सोही क्रममा ती व्यक्तिले चक्कु प्रहार गरी विष्टको घाँटीको बायाँ भागमा गम्भीर चोट पुर्‍याएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोलीले घाइते विष्टलाई उद्धार गरी कोल्टी आधारभूत अस्पताल पुर्‍याएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।

प्रहरीका अनुसार घाइते महिलाको अवस्था मध्यम रहेको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।