२०८३ जेष्ठ २३
खाेज्नुहाेस
विज्ञापन

धनगढीको नवजीवन अस्पतालमा युवतीको मृत्यु, लापरबाहीको आरोप

विज्ञापन
Image
विज्ञापन

धनगढी-  धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत एक युवतीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ । कैलालीको गोदावरी नगरपालिका–६ की २२ वर्षीया सानु विकको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

प्रहरीका अनुसार टन्सिलसम्बन्धी समस्याका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो । गत जेठ ९ गते शल्यक्रिया गरिएको र त्यसपछि उनी डिस्चार्ज भई घर फर्किएकी थिइन् । तर केही दिनमै स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि मुखबाट रगत बग्न थालेको र मंगलबार उनलाई पुनः अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालले उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको अवस्थामा बुधबार बिहान २ बजेर ४६ मिनेटमा मृत्यु भएको जनाएको छ ।

मृत्युपछि आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको आरोप लगाउँदै अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । घटनापछि अस्पताल क्षेत्रमा तनाव बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन