काठमाडौँ- पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा)ले भव्य स्वागत गरेको छ।
नयाँ दिल्लीस्थित भाजपा मुख्यालय पुगेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई बाजागाजा र पुष्पवर्षासहित स्वागत गरिएको हो।
मुख्यालयमा उनलाई भाजपाका नेता तथा नेपाल मामिलाका जानकार नितिन नवीनलगायतले स्वागत गरेका थिए। भेटघाटपछि लामिछाने र नवीनबीच औपचारिक वार्ता सुरु भएको बताइएको छ।
भेटवार्तामा भाजपाका अन्य उच्च नेताहरूको पनि सहभागिता रहेको जनाइएको छ।
लामिछानेले आजै भाजपा मुख्यालयमै भारतीय विदेशमन्त्री एस. जयशङ्करसँग समेत भेट गर्ने कार्यक्रम तय भएको छ।












