२०८३ जेष्ठ २३
खाेज्नुहाेस
विज्ञापन

एकैदिन प्रतितोला २० हजार ५ सयले बढ्यो सुनको मूल्य

विज्ञापन
Image
विज्ञापन

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि गत जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ७२० रुपैयाँ कायम भएको छ, जुन दुई दिनअघि २ लाख ४९ हजार १४० रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ।

जेठ १५ गते चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५८३ रुपैयाँ तोकिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन