२०८३ भाद्र २७
खाेज्नुहाेस

बैतडीमा २१ लाख रुपैयाँभन्दा बढीको सामानसहित दुई गाडी नियन्त्रणमा

Image

बैतडी- पञ्चेश्वर गाउँपालिका–४ हल्दु विनायकबाट चैत्र २९ गते सशस्त्र प्रहरी करिब २१ लाख ९ हजार रुपैयाँ बराबरको चोरी पैठारीको किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैधरूपमा सु.प्र.प्र.०१–००२ त ५०९० नम्बरको ट्याक्टर र सु.प्र.प्र. ०१–००१ च २७८९ नम्बरको बलेरो पिकअप गाडीमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नं.५१ गुल्म बैतडीले नियन्त्रणमा लिएको हो ।

बरामद सामानसहित दुई वटा गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।