२०८३ कार्तिक ११
खाेज्नुहाेस

दार्चुलामा जिप दुर्घटना, साइड भिजिटमा गएका दुई कर्मचारीको मृत्यु

Image

दार्चुला- दार्चुलामा मंगलबार बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई जना सरकारी कर्मचारी रहेको पुष्टि भएको छ।

शैल्यशिखर नगरपालिका–४ स्थित ओशिल क्षेत्रमा भित्री सडक खण्डमा सुपप्र०१–००१ ज १६४१ नम्बरको जिप दुर्घटनाग्रस्त हुँदा शैल्यशिखर–१ का ४५ वर्षीय भरत तितरा र मालिकार्जुन–७ की ३५ वर्षीया मनिषा पालको मृत्यु भएको हो।

प्राप्त जानकारी अनुसार मृतक दुवै जना जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत कर्मचारी हुन्। मनिषा पाल अधिकृत छैटौँ तह (इन्जिनियरिङ) पदमा कार्यरत थिइन् भने भरत तितरा सहायक पाँचौँ तहका सिनियर एसोसिएसन अर्गनाइजेशन अफिसरका रूपमा कार्यरत थिए।

उनीहरू कार्यालयको कामका लागि काडापारी क्षेत्रमा साइड भिजिटमा गएका थिए। केही दिनदेखि फिल्डमै खटिएका उनीहरू सोही क्रममा दुर्घटनामा परेका हुन्।

दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ। साथै, दुर्घटनामा घाइते भएका जिप चालकसहित चार जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ।