२०८३ कार्तिक १३
खाेज्नुहाेस

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

Image

काठमाडौंं-  प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज साँझ ४ः३० बजे सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । बैठक पछिल्लो राजनीतिक र प्रशासनिक गतिविधिबीच अर्थपूर्ण रूपमा छलफल हुने उनको भनाई छ ।

सरकार गठनपछि सुधारका एजेन्डामा आक्रामक रूपमा अघि बढिरहेका प्रधानमन्त्री शाहले कर्मचारी युनियन खारेजदेखि प्रशासनिक पुनर्संरचनासम्मका निर्णय लिइरहेका छन् । यही क्रममै आजको बैठकमा थप ठूला नीतिगत निर्णय आउन सक्ने संकेत गरिएको छ ।