२०८३ कार्तिक १२
खाेज्नुहाेस

दार्चुलामा ५० हजारसहित ७ जुवाडे पक्राउ

Image

दार्चुला-  जिल्लाको महाकाली नगरपालिका–४ तल्लासैनस्थित एक रेस्टुरेन्टबाट जुवातास खेल्दै ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार साँझ स्थानीय मोहन सिंह बिष्टले सञ्चालन गरेको अपि रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा बिष्टसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट नगद ५० हजार २०५ रुपैयाँ र २ गड्डी तास बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।