२०८३ भाद्र २८
खाेज्नुहाेस

बैतडीमा ड्युटीमा खटिएका निर्वाचन प्रहरीको मृत्यु

Image

बैतडी- बैतडीमा निर्वाचन सुरक्षामा खटिएका एक प्रहरीको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका–४ का ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन्।

ड्युटी सकेर दिउँसो खाना खान घर गएका वड घरमै अचेत अवस्थामा फेला परेका थिए। परिवारले तत्काल उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार घटनाबारे आवश्यक प्रक्रिया अघि बढाइएको छ। महादेवको शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ र आज पोस्टमार्टम गरिने जनाएको छ।