२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

दार्चुलामा गरगहना लुटेर वृद्धाकाे हत्या, तर हत्यारा अझै अज्ञात

विज्ञापन
Image
विज्ञापन

दार्चुला-  दार्चुलामा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएकै राति शैल्यशिखर नगरपालिका–८ की ७१ वर्षीया लक्ष्मी जोशीको पनि निर्मम हत्या भएको घटनाको रहस्य अझै पर्दाफास हुन सकेको छैन।

सोमबार राति जोशीको घरमै गरगहना लुटपाट गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। तर घटनामा कसको संलग्नता थियो, हत्या कसरी र किन गरियो भन्ने विषय अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी दिए। उनका अनुसार घटनाको गम्भीरतालाई मध्यनजर गर्दै संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक (सई) पदमबहादुर थापाको नेतृत्वमा चार सदस्यीय विशेष टोली दार्चुला पठाइएको छ।

थापा नेतृत्वको टोली बुधबार दार्चुला पुगेर अनुसन्धानमा सक्रिय भइसकेको छ। स्थानीय प्रहरीलाई सहयोग गर्न छिमेकी जिल्ला डडेल्धुरा र बैतडीबाट अपराध अनुसन्धानमा अनुभव भएका प्रहरी अधिकारीहरू पनि खटाइएका छन्। घटनास्थल र वरपरको क्षेत्र खोतल्न तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको थियो।

प्रहरीका अनुसार घटनाको सूक्ष्म र गहिरो ढंगले अनुसन्धान भइरहेको छ। यद्यपि, अहिलेसम्म लक्ष्मी जोशीको हत्या प्रकरणमा ठोस सुराक हात पर्न सकेको छैन।

उता, सोही राति हत्या गरिएका प्रहरी हवल्दार योगेन्द्र घर्तीको घटनामा भने प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइसकेको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन