२०८३ भाद्र २८
खाेज्नुहाेस

बैतडीमा जन्ती बोकेको बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

Image

बैतडी- बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । दुर्घटनाका घाइतेमधये गएराति थप पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस हिजो बेलुकी पुर्चौडीको बडगाउँ मोडमा पल्टिएको थियो ।

दुर्घटनामा तत्कालै ८ जनाको जयान गएको थियो । राति थप पाँच जना घाइतेले ज्यान गुमाएका हुन् । मृतकमध्ये ८ जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका–७ का ४० बर्षीय केशवराज जोशी, सोही ठाउँका १३ बर्षीय अशोकराज जोशी, ३५ बर्षीय वसन्त जोशी, ४१ बर्षीय विष्णुदत्त जोशी, ४२ बर्षीय नरेशराज जोशी, बझाङको केदारस्यु गाउँपालिकाका ६० बर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका ७ का ४० बर्षीय वसन्तराज रतला र बैतडीको पुर्चौंडी नगरपालिका ७ की ४० बर्षीया पुष्पा अवस्थी रहेका छन् ।  बाँकी सनाखत गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ । 

दुर्घटनामा अझै ३५ जना घाइते छन् । तीमध्ये केहीको अवस्था अझै गम्भीर रहेका छन् । घाइतेहरूको स्थानीय अस्पताल, जिल्ला अस्पताल र डडेल्धुरा र धनगढीमा उपचार भइरहेको छ ।