युवा तथा नवगायक प्रज्वल कार्किको स्वरमा आधुनिक गित रहेन केही सार्वजनिक भएको छ । भ्वाईस अफ नेपालको छैटौ सिजनमा सुमधुर प्रस्तुती दिएका प्रज्वलको स्वरमा रहेन केही बोलको आधुनिक गित आज सार्वजनिक भएको हो ।
मिलन भट्टराई को प्रस्तुती रहेको उक्त गितमा मिलन भट्टराईको शव्द श्रृजना रहेको छ भने उक्त गितको संगित मिलन भट्टराई र प्रज्वल कार्किले तयार गरेका हुन । उक्त गितको संगित संयोजन अनमोल थापाले गरेका छन् । रहेन केहीको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र करुना श्रेष्ठको अभिनय रहेको छ भने म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन ।
उक्त म्यूजिक भिडियो मिलन भट्टराई अफिसियल युटयुब च्यानल बाट पनि हेर्न सकिन्छ ।
प्रज्वलको “रहेन केही” सार्वजनिक












