नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारबाट पश्चिमी क्षेत्रमा वर्षा हुनेछ।
महाशाखाले आज जारी गरेको बुलेटिनमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षा हुनेछ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन चट्याङसहित असिनाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएको सचेत रहन आग्रह गरिएको छ।
सामुदायिक विउ बैँक स्थापनाको लागी प्रस्तावना पेश गर्ने सम्बन्धी अमरगढी नगरपालिका कृषि विकास शाखाको सुचना ।
(सुचना र आवेदनको ढाँचाको लागी लिंकमा क्लिक गर्नुहोला)














