२०८३ भाद्र २९
खाेज्नुहाेस

बैतडीमा २६ वर्षीय युवक सडक छेउमा मृत अवस्थामा फेला

Image

बैतडी- बैतडीमा एक जना युवक मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ चौडालीस्थित भित्री कच्ची सडक खण्डमा पञ्चेश्वर गाउँपालिका–१ सुन्तोरा घर भएका २६ वर्षीय तेजबहादुर चन्द बुधबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

चन्दको शव सडक खण्डमा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले शवको मुचुल्का उठाई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

मृत्युको कारण खुल्न बाँकी रहेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।