बैतडी- बैतडीमा स्याउला काट्न गएकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन्।
जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मंगलवार मृत फेला परेकी हुन्। स्याउला काटन भनि घर नजिकै जंगल गएकी उनी सोही ठाउँको ल्वापा भिर भन्ने स्थानमा लडेर मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।












