२०८३ भाद्र ३०
खाेज्नुहाेस

बैतडी घर भएका पूर्वएआईजी भण्डारी मन्त्री बन्दै

Image

डडेल्धुरा- अन्तरिम मन्त्रिपरिषद् पुनः विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ। वर्तमान मन्त्रिपरिषद्मा चार नयाँ मन्त्री थपिन लागेका छन्।

थपिने मन्त्रीहरूमा कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय; राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय; माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालय; र श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्रीमा नियुक्त गर्ने सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइसकेकी छन्। नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पुगेको शीतल निवास स्रोतले पुष्टि गरेको छ। शपथग्रहण आज (मंसिर २६) दिउँसो ३ बजेका लागि तय गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्न लागेका राजेन्द्रसिंह भण्डारी सुदूरपश्चिमको बैतडीका हुन्।  यद्यपि मन्त्री बन्ने भण्डारी हाल काठमाडौंमा बस्दै आएका छन्। उनी नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्।

यसअघि सुदूरपश्चिमबाट जेनजी अन्तरिम सरकारमा प्रतिनिधित्व नभएको भन्दै निरन्तर विरोध हुँदै आएको थियो।