बैतडी- बैतडीको सुर्नया गाउँपालिका–८ सेला निवासी ३१ वर्षीया पार्वती साउँदको भीरबाट लडेर मृत्यु भएको छ। बुधबार दिउँसो करिब ३ बजेतिर घर नजिकै बाख्रा चराउन गएकी पार्वती चिप्लिएर भीरबाट खसेकी र घटनास्थलमै ज्यान गएको उनका दाजु हरिसिंह महराले बताए।
दुई छोराकी आमा पार्वतीको मृत्युले गाउँ शोकमा डुबिएको छ। घटना भएको जानकारी पाउँनेबित्तिकै उनका श्रीमान् रोजगारीका लागि दुवईमा रहेका स्थानबाट नेपाल फर्किन लागेको परिवारले बताएको छ।
पार्वती साउँदको अल्पायुमै मृत्यु भएपछि सेला गाउँमा शोक छाएको स्थानीयले बताएका छन्।












