२०८३ कार्तिक १२
खाेज्नुहाेस

बाजुरा आगलागीमा दुई करोडको क्षति

Image

बाजुरा-  सदरमुकाम मार्तडीमा बुधबार भएको आगलागीबाट करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ। बडीमालिका नगरपालिका–८ मार्तडी बजारमा प्रकाश थापाद्वारा सञ्चालन हुँदै आएको टिनले निर्मित सागर ग्यारेज तथा गोदाममा विद्युत् लाइन सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीका कारण गोदाम र ग्यारेजभित्र रहेका सबै सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगो नियन्त्रणका लागि स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले संयुक्त रूपमा प्रयास गरेका थिए।