२०८३ भाद्र ३०
खाेज्नुहाेस

फरार बैतडीकी एक युवती पक्राउ

Image

जिल्ला अदालत बैतडीको फैसलाबाट हाडानाता करणी मुद्दामा एक बर्ष कैद सजाय तोकिएकी सिगास ९ की २६ बर्षीया राजमती धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

फैसलापछि फरार रहेकी उनलाई प्रहरीचौकी गाँजरीबाट शनिबार दिउँसो खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

पक्राउ परेकी धामीलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालतमा बुझाइने प्रहरी निरीक्षक बडूले बताए