२०८३ कार्तिक ११
खाेज्नुहाेस

नवदुर्गा ५ चामा क्षेत्रको समैजी मन्दिरमा मेला लाग्दै

Image

चामा-डडेल्धुरा जिल्लाको नवदुर्गा गाउपालिका वडा नं.५ मा रहेको यस क्षेत्रकै प्रसिद्व धार्मिक स्थलको रुपमा रहेको समैजि मन्दिर मा लाग्ने मेलाको भव्य तयारी पुरा भएको छ ।

यहि मंसिर १३ गते राती रतेणि मेला र १४ गते दिउसो दिउसेणि मेला लाग्ने मेला व्यवस्थापन समितिले बताएको छ ।
चामा क्षेत्रको मात्र नभएर यस क्षेत्रकै प्रशिद्ध मेलाको रुपमा चिनिने समैजीमा लाग्ने मेला हेर्न डोटि , डडेल्धुरा , बैतडी र बझाङ बाट पनि सयौ दर्शनार्थि एबं भक्तजनहरु आउने गर्दछन । यस मेला को एक छुट्टै पहिचान र कहावत पनि छ। मान्छेको राजधानि काठमाण्डु र देवताको राजधानि चामा खोला भन्ने किमबदन्ति छ