२०८३ कार्तिक १३
खाेज्नुहाेस

उज्यालो नेपाल र हाम्रो पार्टी नेपाल ले एउटै चिह्नमा चुनाव लड्ने‍

Image

काठमाण्डौ-कुलमान घिसिङ निकट मानिने उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार ले भर्खर मात्र दर्ता गरेका हाम्रो पार्टी नेपालबीच चुनावी सहकार्य हुने भएको छ।

आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनमा एउटै चिह्नमा चुनाव लड्ने घोषणा दुई दलले गरेका छन्। बुधबार बानेश्वरमा एक कार्यक्रम गरी एउटै चुनाव चिह्न “बलिरहेको चिम” लिएर निर्वाचनमा भाग लिने घोषणा गरेका हुन्।

बलिरहेको चिम उज्यालो नेपाल पार्टीको चुनाव चिह्न हो। खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीको चुनाव चिह्न “लाइक” छ। यो पार्टी सोमबार निर्वाचन आयोगमा दर्ता भएको थियो।