२०८३ भाद्र ३०
खाेज्नुहाेस

बैतडीमा करेन्ट लागेर एक जनाको मृत्यू

Image

डडेल्धुरा -बैतडीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । गएको सोमबार जिल्लाको पाटन नगरपालिका वडा न ७ दनखोलाकी ५४ वर्षीय पार्वती भट्टको करेन्ट लागी मृत्य भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

जंगली जनावर मार्नका लागी मकैबारीमा थापेको बिद्युतीय पासोमा परी करेन्ट लागेर पार्वतीको मृत्यु भएको हो । पार्वतीलाइ करेन्ट लागेको आफ्न्तले खबर गरेपछि प्रहरीको टोलि घटनास्थल पुगेको हो ।

मृतक भट्टको शव परीक्षणका लागी पाटन प्राथमीक स्वास्थ्य केन्द्र ल्याइएको प्रवक्ता पाण्डेयले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जाएको छ ।