२०८३ श्रावण ११
खाेज्नुहाेस
विज्ञापन

च्याट जिपिटीमा दैनिक सोधिन्छन् साढे २ अर्ब प्रश्न

विज्ञापन
Image
विज्ञापन

आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप ओपन एआईले विकास गरेको च्याटबट च्याट जिपिटी विश्वभर निकै तीव्र गतिमा लोकप्रिय बनिरहेको छ । मिडिया फर्म एक्सियोसले तयार पारेको एक नयाँ रिपोर्ट अनुसार विश्वमा च्याट जिपिटीमा हरेक दिन साडे २ अर्बभन्दा धेरै प्रश्न (प्रम्प्ट) सोधिन्छन् । त्यस्ता प्रम्प्टमध्ये ३० करोड भन्दा धेरै त केवल अमेरिकी प्रयोगकर्ताबाट मात्रै आउने गरेका छन् ।

यस आधारमा च्याट जिपिटीमा एक वर्षमा ९ खर्ब १२ अर्ब प्रश्नहरु सोधिने गरिएका छन् । यसले च्याट जिपिटी कसरी प्रयोगकर्ताहरुको दैनिक अनलाइन गतिविधिको अहम् हिस्सा बनिसकेको छ भन्ने देखाउँछ । हुनत प्रयोगकर्ताको संलग्नता (युजर्स इन्गेजमेन्ट) को हिसाबले च्याट जिपिटी अहिलेपनि गुगल सर्चभन्दा पछि छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन