२०८३ जेष्ठ ३
खाेज्नुहाेस
विज्ञापन

डोटीमा पाँच वर्षको दुर्घटना विवरणः६० जनाले ज्यान गुमाए

विज्ञापन
Image
विज्ञापन

डोटी-डोटी जिल्लामा पाँच वर्षको अवधिमा सवारीसाधन दुर्घटनामा परि ६० जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म ६० जनाको गाडी दुर्घटनामा परि मृत्यु भएको छ । ज्यान गुमाउनेमा ३८ जना पुरुष, १४ जना महिला, पाँच जना बालक र तीन जना बालिका रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

पाँच वर्षको अवधिमा ४५ ओटा सवारी साधन दुर्घटनामा परेका छन् । सबै भन्दा बढी ट्याक्टर दुर्घटना परेका छन् । ट्याक्टर १६, जिप १५, मोटरसाइकल सात, बस दुई, ट्रक दुई र अन्य तीन ओटा सवारीसाधन दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । यो अवधिमा एक सय छ जना घाइते भएका छन् । प्रहरीका अनुसार ५९ जना पुरुष, ३६ जना महिला, सात जना बालक र चार जना बालिका रहेका छन् ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन