२०८३ भाद्र ३१
खाेज्नुहाेस

जिल्ला अस्पताल बैतडीमा मिनी ब्लड बैंक सञ्चालन हुने

Image

बैतडी -बिरामीलाई रगत अभावको समस्यालाई मध्यनजर गर्दै जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना गर्ने तयारी भइरहेको छ ।

ब्लडबैंक स्थापना भएपछि जिल्लामा सहजै सुरक्षित र व्यवस्थित रूपमा रगत उपलब्ध हुने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । रगत अभावका कारण उपचारमा समस्या देखिँदै आएकाले तत्काल प्रभावकारी व्यवस्था आवश्यक रहेको उहाँले बताउनुभयो ।

मिनी ब्लड बैंक सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी शाखा बैतडी, दशरथचन्द नगरपालिका र जिल्ला अस्पताल बैतडीबिच जिम्मेवारी बाँडफाँट गरिएको छ ।

नगरपालिकाले आवश्यक जनशक्ति उपलब्ध गराउनेछ भने उनीहरूलाई तालिम तथा प्राविधिक स्रोत–साधन जिल्ला रेडक्रसले व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ । ब्लड बैंक सञ्चालनका लागि आवश्यक उपकरण, सामग्री र स्थान भने जिल्ला अस्पतालले उपलब्ध गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।