२०८३ भाद्र ३१
खाेज्नुहाेस

बर्दगोरियाका उपाध्यक्षसहित देशभरका १० जनप्रतिनिधि पदमुक्त

Image

निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। आयोगले सम्बन्धित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो।

आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० लगायतका दलबाट निर्वाचित भएर पछि अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिको विवरण सम्बन्धित राजनीतिक दलको केन्द्रीय समितिको निर्णयसहित आयोगमा प्राप्त भएको थियो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा ९१० तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले सम्बन्धित पालिका तथा तहका निर्वाचित पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका एक जना जनप्रतिनिधिको पद रिक्त भएको हो।
सुदूरपश्चिम प्रदेशको कैलालीस्थित बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पद पनि दल त्यागका कारण रिक्त भएको आयोगको सूचनामा उल्लेख छ।