२०८३ भाद्र ३१
खाेज्नुहाेस

बैतडी पाटनका चार जना लाई जन्मकैदको फैसला

Image

डडेल्धुरा-बैतडीको पाटन नगरपालिका–६ का ट्रक चालक बिरभान बिष्टको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
बुधबार जिल्ला अदालत बैतडीले २०८१ असार १ गते चालक बिष्टको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालत बैतडीका श्रेस्तेदार विष्णुराज पन्तले जानकारी दिनुभयो ।
हत्यामा संलग्न आरोपमा पाटन–६ का भागरथी बिष्ट, पाटन–६ कै ३८ बर्षीय भरतमोहन बिष्ट, पाटन–१ का १९ बर्षीय राजेन्द्र भट्टराई र पाटन–६का २६ वर्षीय आशिष पहरीलाई जन्मकैदको फैसला सुनाइएको हो भने अर्का १८ वर्षमुनिका किशोरलाई १६ वर्षको कैद सजाय सुनाइएको हो ।