२०८३ भाद्र २५
खाेज्नुहाेस

सुदुरपश्चिमको नयाँ मुख्यमन्त्रि बने खगराज

Image

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका छन्। नेकपा एमाले सहितको समर्थनमा बहुमत जुटाएका भट्ट मुख्यमन्त्री नियुक्त भएका हुन । शुक्रवार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री पदका लागि भट्टको एकल दाबी पेस भएको थियो।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। मुख्यमन्त्रीले शुक्रवार बिहान ११ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए।

५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ सांसद आवश्यक चाहिन्छ। निलम्बित सांसदबाहेक नेकपासँग २० र एमालेसँग ११ सांसद छन्। नेकपाका एक सांसदका अनुसार दिउँसो ३ बजे भट्टको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।